Sunday, 11 October 2015

एनटिसीको रिचार्ज कार्ड कोर्दा नम्बर मेटिए के गर्ने ?


केही समययतादेखि नेपाल टेलिकमको रिचार्ज कार्ड कोर्दा पिन नम्बर मेटिने समस्या बढेको छ। सिक्काले कोर्दा समेत नम्बर मेटिने समस्या देखिएपछि अहिले नेपाल टेलिकमका कार्यालयमा गुनासो गर्ने र रिचार्ड कार्ड साट्नेको घुइँचो बढ्न थालेको छ। 


 
ललितपुरको पुल्चोकमा रहेको नेपाल टेलिकमको कार्यालयमा  रिचार्ड कार्ड साट्नको लागि दैनिक २ सय भन्दा धेरै मानिस आइपुग्ने गरेका छन्। काठमाडौं उपत्यकाको पुल्चोकमा मात्रै यो रिचार्ज कार्ड साट्ने सेवा उपलब्ध छ।
 
रिचार्ज कार्ड कोर्दा नम्बर पनि मेटिए त्यस्तो कार्ड लिएर नेपाल टेलिकमको विभिन्न स्थानमा रहेको क्षेत्रीय कार्यालयमा जानुपर्दछ। तर नेपाल टेलिकमका जहाँतही रहेका कार्यालयमा भने यो सेवा उपलब्ध छैन। यस्तो नम्बर समेत मेटिएको कार्ड लगेर नेपाल टेलिकमको तोकिएको कार्यालय पुगेमा कार्यालयले त्यो कार्डको मूल्य बराबरको अर्काे कार्ड उपलब्ध गराउने गरेको छ। 
 
नेपालभरमा छ, वटा स्थानमा मात्रै यो सेवा उपलब्ध छ। सुदुरपश्चिमको धनगढी, मध्यपश्चिमाञ्चलको नेपालगञ्ज, पश्चिमाञ्चलको भैरहवा, बिरगञ्ज क्षेत्रीय निर्देशनालय र पुर्वाञ्चलको बिराटनगरमा यो सुविधा उपलब्ध रहेको नेपाल टेलिकमले जनाएको छ।  
 
 काठमाडौंसहित नेपाल टेलिकमका ६ वटा निर्देशनालयमा मात्रै यो सेवा उपलब्ध रहेको पुल्चोकको ग्राहक सेवा केन्द्रका इन्चार्ज राजेन्द्र भट्टले जानकारी दिए। उनले केहि समययतादेखि रिचार्ज कार्ड कोर्दा नम्बर समेत मेटिने समस्या बढ्दै गएको र रिचार्ड कार्ड साट्न आउनेको संख्या ह्वात्तै बढेको स्वीकार गरे। रिचार्ज कार्ड कोर्दा नम्बर मेटिएमा यस्ता कार्ड लिएर नेपाल टेलिकमको क्षेत्रीय निर्देशनालयमा आउन भट्टले सेवाग्राहीलाई  आग्रह गर्छन्। 
 
रिचार्ज कार्ड कोर्दा नम्बर मेटिनेमा समस्या देखिएपछि अहिले यस विषयमा नेपाल टेलिकममा बारम्बार छलफल हुने गरेको भएपनि निर्णय भने हुन सकेको छैन। भारतमा छापिने यी रिचार्ज कार्ड अहिले गुणस्तरहीन रहेको स्वयः टेलिकमका कर्मचारीहरु बताउँछन्।
 
छ वटा निर्देशनालयमा यस्ता कार्ड पुगेर केही बितरण समेत भइसकेका छन्। जसका कारण देशैभरका ग्राहकहरुले यस्ता समस्या भोग्नु परेको छ। 
स्रोतका अनुसार बजारमा बितरण हुन बाँकि रहेका कार्डहरु ६ वटा निर्देशनालयबाट फिर्ता ल्याउनुपर्ने नेपाल टेलिकमका केही उच्च अधिकारीले आवाज उठाउँदै आए पनि आधिकारिक रुपमा भने कार्ड फिर्ता ल्याउने विषयमा कुनै निर्णय हुन सकेको छैन। 
 
रिचार्ज कार्ड कोर्दा नम्बर मेटिने समस्या बढ्दै गएको बेलामा सँगसँगै कोरिएको रिचार्ज कार्डबाट रिचार्ज नहुने समस्या पनि बढ्दै गएको छ। कोरिएको कार्ड समेत रिचार्ज गर्न खोज्दा पटक पटक ‘योर भउचर इज रङ’ जस्ता गलत सन्देश देखिन थालेका छन्। कैयन पटक प्रयास गर्दा मात्रै रिचार्ज सफल हुन्छ । 
ग्राहक सेवा केन्द्रका इन्चार्ज भट्टले रिचार्ज तत्काल नभएको भन्दै  अहिले पुल्चोक कार्यालयमा गुनासो सुनाउन आउने मानिसहरुको संख्यामा समेत बढोत्तरी भएको बताउँछन् । 
 
उनका अनुसार करिब १ वर्ष यतादेखि नेपाल टेलिकमको नेटवर्क सिस्टम चलाउने जिम्मा चाइनाको हुवावे कम्पनीले पाएको छ। यो कम्पनीले जिम्मा लिएको एक वर्षसम्ममा कैयन पटक सम्म तत्काल रिचार्ज नहुने समस्या देखिएको चाइनाको हुवावे कम्पनीले पाएको छ। यो कम्पनीले जिम्मा लिएको एक वर्षसम्ममा कैयन पटकसम्म तत्काल रिचार्ज नहुने समस्या देखिएको छ।
 
यसअघि भने चीनकै जेटिइ कम्पनीले नेपाल टेलिकमको नेटवर्क सिस्टम हेर्दै आएको थियो। जेटिईले सर्भिस सञ्चालन गर्दा पनि गुणस्तर त्यति राम्रो भने थिएन।  तर अहिले सिस्टममा विभिन्न समस्या देखिएका कारण तत्काल रिचार्ज नहुने जस्ता समस्या बढ्दै गएको नेपाल टेलिकमका कर्मचारीहरुको भनाई छ।  
 

Free Cell Phone Repair Guides And Tutorials

Learn cell phone repair easily for free with our free guides and tutorials. Here we are providing free training for people interested in learning the skills required to repair all types of mobile phones as well as tablets because tablets are also almost the same, nothing different! All the following guides start from basics of repairs and go up to advanced troubleshooting. The topics covered here are from dismantling of cell phones, tools required, the components and parts inside, the circuit description and all the stuff you need to learn.

How To Use A Multimeter In Mobile Phone Repairs

How To Make Jumpers in Mobile Phones Repairs

How To Test Or Check LCD Of A Cell Phone

How To Check Battery Of A Cell Phone With Multimeter

How To Check A Ringer (Loud Speaker) In Cell Phones

How To Check A Mic In Cell Phones

How To Check A Speaker In Cell Phones

How To Check A Ringer (Loud Speaker) In Cell Phones

How To Check Tracks On A PCB For Mobile Phone Repairs

How To Use A Rework Station In Mobile Phone Repairing

How To Repair A Water Damaged Smartphone

How To Run A Cell Phone Repair Business – Easy Guide

Default Security Codes Of All Cell Phones

How To Format A Cell Phone To Remove Virus

How To Use Ultrasonic Cleaner Machine In Cell Phone Repairs

How to Start A Cell Phone Repair Shop

How To Check Shorting In Mobile Phones

How To Remove Shorting In Mobile Phones

List Of All Faults In Cell Phones

How To Repair Your Cell Phone Yourself (DIY) – Ea




Tuesday, 29 September 2015

मंगल ग्रहमा पानी भएको तथ्य पत्ता लगाउनेमा नेपाली वैज्ञानिक पनि

, असोज १२ – मंगलग्रहमा बग्दै गरेको पानी रहेको पत्ता लगाउने वैज्ञानिकको टोलीमा नोपली वैज्ञानिकले महत्वपूर्ण भूमिका निभाएका छन् । अमेरिकामा रहेका नेपाली वैज्ञानिक लुजेन्द्र ओझासहितको अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासामा आवद्ध वैज्ञानिकको टोलीले मंगलग्रहको सतहमा बगेको पानी रहेको नयाँ तथ्य सार्वजनिक गरेको छ
नेपाली युवा वैज्ञानिक ओझासहितको आठ जना वैज्ञानिकको समुहले नासाको अन्तरिक्ष यानले पठाएका पछिल्ला तस्बिरका तथ्यको विश्लेषण गरी मंगलग्रहमा बगेको अवस्थामा पानी रहेको पत्ता लगाएको हो । टोलीमा ओझासँग वैज्ञानिकहरु म्यारी वेथ विलहेल्म, स्कट एल मुर्चेइ, अलफ्रेड एस एमसिइवेन, जेम्स जे वरे, जेनिफर ह्यानले, मारिवन मासे र म्याट चोज्यानकीको टोलीले नयाँ तथ्य सार्वजनिक गरेको हो । आफूलाई लुजु ओझाका रुपमा चिनाउने नेपाली वैज्ञानिक ओझाले अहिले अमेरिकाको जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट अन्तरिक्ष विज्ञानमा विद्यावाधी गरिरहेका छन् । ओझासहतिको वैज्ञानिकको टोलीले मंगलग्रहमा बगेको अवस्थामा पानी भेटिनुले त्यो ग्रह अहिले पनि भौगोलिक रुपमा सक्रिय रहेको पुष्टी हुने र यसले त्यहाँ मानव बस्तीको सम्भावनाका बारेमा अनुसन्धान गर्न सकिने बताएका छन् । नासाले सोमबार राति पत्रकार सम्मेलन गरेर मंगलग्रहमा बगेको अवस्थामा पानी रहेको पुष्टी भएको जनाएको छ । पत्रकार सम्मेलनमा वैज्ञानिकले अन्तरिक्षबाट प्राप्त तस्बिरमा चार ठाउँमा पानी बगेको देखिएको धर्सा देखिएको जनाएका छन् । यसले त्यहाँ भर्खरै पानी बगेको हुन सक्ने वैज्ञानिक ओझाले बताएका छन् । पहिले जमेको अवस्थमा नुनिलो पानी भेटिएको ठाउँमा अहिले पानी बगेको धर्सा देखिएकाले त्यहाँ बगेको अवस्थामा पानी रहेको पुष्टी हुने वैज्ञानिक ओझाले बताएका छन् । चिसो समयमा जमेको पानी गर्मी लाग्दै गएपछि तलर बनेर बगेको वैज्ञानिकको दाबी छ